Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • फेरि पक्राउ परे दुर्गा प्रसाई


    सोमबार, असोज १२ २०८३
    165
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो (भोटाहिटी) को टोलीले उनलाई भक्तपुर निबासबाट नियन्त्रणमा लिएको हो।

    अहिले उनलाई काठमाडौंस्थित साइबर ब्यूरोको कार्यालयमा लगिँदैछ। प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रास्वपा सांसद रचना खतिवडाले प्रतिनिधि सभा बैठकमै आफूमाथि प्रसाईंको नाम नलिई आपत्ति जनाएकी थिइन्।

    सांसद खतिवडाले संसदकोबाट बोल्दै आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणी गरेको बताएकी थिइन्। ‘ मेरो संसार उजाडिएको छ, मेरो काख रितिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु।’ उनले प्रसाईं नाम नलिइ भनेकी थिइन्, ‘म कुनै मेडिकल माफिया बन्न आएकी होइन्, जनतालाई उचालेर लडाउन आएकी होइन। म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ। मेरा पनि सरकारसँग थुप्रै माग छन्, असहमति छन्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार