Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • तोलामै ५ हजारले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ? 


    सोमबार, असोज १२ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले घटेको हो ।

    आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम छ ।

    आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार