काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणका आधारमा मात्र हुनुपर्नेमा जोड दिएकी छन् ।
पूर्वप्रधानन्यायाधीशलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको पक्राउप्रति उनको असन्तोष छ ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद दर्शनाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । आरोप मात्रै पक्राउको पर्याप्त आधार हुन नसक्ने उनले उल्लेख गरेकी छन् ।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले भनेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’
सांसद दर्शनाले कानुनी शासनको मर्म नै विधि र प्रमाणमा आधारित हुने स्पष्ट पार्दै बिनाप्रमाण अधिकार प्रयोग गर्न नमिल्ने तर्क गरेकी छन् । उनले पूर्वप्रधानन्यायाधीशको सुरक्षा संवेदनशीलताप्रति चासो व्यक्त गर्दै सुरक्षा सतर्कता बढाउन माग गरेकी छन् ।
‘उनको सुरक्षाका लागि सतर्कता बढाइयोस्, ‘एक्स वाइ जेड’ कुनै जेनेरेशनले थ्रेट दिन नसकुन्,’ दर्शनाले लेखेकी छन् ।
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।...
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् । संसद्...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औं केन्द्रीय महाधिवेशन तयारी...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend