Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ 


    सोमबार, असोज १२ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका ४६ वर्षीय अस्लम सोकटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ भेटिएको हो। उनलाई अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाएर राखेको अवस्थामा सुन फेला परेको हो।

    उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार