Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • कांग्रेस वडा अधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट


    शुक्रबार, असोज ९ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।

    विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।

    नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।

    कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर- ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।

    कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार