Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • राष्ट्रपति पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाद्वारा इन्द्रजात्रा अवलोकन


    शुक्रबार, असोज ९ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् ।

    सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए । पौडेल दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् ।

    इन्द्रजात्रा अवलोकनमा उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पुगेका थिए ।

    प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा छन्

    राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ । इन्द्रजात्राको मुख्य रथयात्रा केहीबेरमा हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार