काठमाडौँ। पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। शुक्रबार दिउँसो सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख १७ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएको डीएसपी खड्काले बताए । सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि खतरा मानिने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहे पनि ब्यारेजका सबै ढोका नखोलिएका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रबंशीले नदीमा पानीको बहाव बढ्दै गएकाले आसपासका बस्तीका नागरिकमा त्रास बढेको बताए।
बिहीबारदेखि देशभर वर्षा भइरहेको र पूर्वी पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकाले सप्तकोशी नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले सप्तकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए।
काठमाडौँ। गोरखास्थित दरौंदी नदीको खोंचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। आज (असोज ९ गते) मानसिक अबस्था असामान्य रहेका पालुङटार नगरपालिका–१...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...
काठमाडौं । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । बागमती मनोहरा लगायत खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि...
काठमाडौँ । भारी वर्षाका कारण अन्य सडक खण्डमा आवागमन प्रभावित भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ। सवारी व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय...
काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ। पहिरो खसेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध हुँदा फोहोर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend