काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने बिरामीले छिटोछरितो सेवा पाउन् भन्नेमा केन्द्रित रहेको छ । उनी अस्पतालको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउनेमा लागेका छन् । सीमित स्रोत–साधनका बाबजुद बिरामीले अनावश्यक रूपमा समय र श्रम खर्च गर्न नपरोस् भन्ने कुरामा उनी सचेत भएर लागेका छन् ।
वालेन्द्र शाह प्रधानमन्त्री भएपछि शासकीय सुधारका १ सय कार्यसूचीको महत्वपूर्ण बुँदा सुशासको एजेन्डालाई कोशी अस्पतालका मेसु झाले तत्कालै कार्यान्वयनमा ल्याएका थिए । उनले ७० बर्षदेखि अस्पतालको जग्गा अतिक्रमण गरी बनाएका ब्यापारीक संरचनामा डोजर चलाएर खाली गराई अस्पतालको सेवा बिस्तार गर्न सफल भएका छन् ।
विगतमा कुनै पनि मेसुले आँट नगरेको कोशी अस्पतालको जग्गामा अतिक्रमण गरी बनाइएका ३२ वटा व्यावसायिक सटरहरू झाको कार्यकालमा अस्पताल प्रशासनले भत्काएको थियो ।
देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा र कोशी अस्पतालको ६ वटा सटर गरी ३२ वटा सटर भत्काइएको थियो ।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीदेखि मधेशवादी दलको आडमा अस्पतालको कब्जा गरिएको संरचना निर्माण गरिएको थियो । अस्पतालको जग्गा कब्जा गरी शक्तिशाली ब्यक्तिहरुले बनाएका संरचना भत्काई उक्त जग्गामा पर्खाल लगाउने काम पनि झाले गरिसकेका छन् । बिभिन्न धम्कीको पर्वाह नगरी उनले अस्पतालको जग्गामा निर्मित टहरा भत्काएका थिए ।
टहरा भत्काइसकेपछि झाले टिकट काउन्टरको एकीकृत व्यवस्थापन, ल्याब रिपोर्टलाई सहज बनाउने प्रविधिको प्रयोग, नयाँ भवनको उचित उपयोग र विभागहरूको पुनःव्यवस्थापन मार्फत सेवाग्राहीलाई अधिकतम सहजता दिने प्रयास गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको मार्गनिर्देशनमा कर्मचारी, चिकित्सक, सेवाग्राही र सरोकारवाला सबैको सहयोग र सहकार्यमा कोशी अस्पतालको सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउन झा लागेका छन् ।
डा. चन्द्रभाल झा ११ औं तहका बरिष्ठ चिकित्सक हुन् । उनी ११ औं तहमा बढुवा भएको पनि १० बर्ष भइसकेको छ । सचिव बढुवाका लागि आवश्यक पर्ने सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम(एसईडीपी) तालिम पनि उनले ३ बर्षअघि नै लिइसकेका छन् ।
भरतपुर अस्पतालको जग्गा कहिले खाली होला ?
सरकारी अस्पतालका जग्गा धेरै अतिक्रमणमा परेका छन् । भरतपुर अस्पतालको नाममा करिब ३१ बिगाहा जग्गा भए पनि उसले ११ बिगाहा मात्र उपयोग गर्न पाएको छ । अरु २० बिगाहा जग्गा अतिक्रमणमा परेका छन् ।
कलेज अफ मेडिकल साइन्सदेखि नेत्रज्योति संघ नामक एनजीओहरुले कब्जा गरिरहेका छन् । भारतीय नागरिक भी नटराजले अति कम भाडामा लिजमा लिएका छन् । त्यो पनि समयमा भाडा तिरेका छैनन् । भरतपुर अस्पतालाई प्रतिष्ठान बनाउन जग्गा अभाव छ, तर कलेज अफ मेडिकल साइन्सदेखि नेत्रज्योति संघ, सीटीईभीटीले जग्गा अतिक्रमण गर्दा उसले अस्पताल बिस्तार नै गर्न सकेको छैन ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend