Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • पृथ्वीराजमार्ग तीन घण्टापछि दुईतर्फी सञ्चालनमा


    शुक्रबार, असोज २ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाट नजिकै चौकीभीरमा ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब तीन घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

    सोही स्थानमा यसअघि पनि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। राति पहिरो पन्छाउने काम भए पनि शुक्रबार बिहान करिब ६:५ बजे पुनः पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

    पहिरो खसेपछि रोकिएका सवारीसाधनको आवागमन खुलाउन जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार