Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • संसद‍्मा उठ्यो आईसीयूमा बिरामीसँग अन्तर्वार्ता लिएको विषय


    मंगलबार, भाद्र ३० २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्।

    मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा सांसद बाँस्कोटाले परिवारलाई समेत कडा नियम र निश्चित समयमा मात्र भेट्न दिइने आईसीयू कक्षमा क्यामरा,क्यामराम्यानसहित प्रवेश गरी करिब एक घण्टा लामो अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन्।

    अन्तर्वार्ता लिइएका बिरामीका साथै त्यही कक्षमा रहेका अन्य जटिल अवस्थाका बिरामीहरूको स्वास्थ्य,गोपनीयता र जीवनसमेत संक्रमणको जोखिममा पारिएको उनले बताइन्।उनले संवेदनशील कक्षमा अन्तर्वार्ता लिन अस्पताल प्रशासन र चिकित्सकहरूले कसरी र कुन नैतिकताका आधारमा अनुमति दिए भन्ने विषयमा प्रश्न उठाएकी हुन्।

    मानव जीवनभन्दा ठूलो कुनै अन्तर्वार्ता,कन्टेन्ट वा भ्युज हुन नसक्ने भन्दै बिरामीको अवस्थालाई टीआरपीसँग तौलिने प्रवृत्ति बढेको भन्दै उनले आपत्ति जनाइन्।

    उनले उपचाररत बिरामीको गोपनीयता,संक्रमण नियन्त्रण तथा अस्पताल प्रशासनको लापरबाहीलाई कानुनी दायरामा ल्याउन छुट्टै ’मेडिकल नेग्लिजेन्स ऐन’तत्काल तर्जुमा गरी लागू गर्न सरकारसँग माग गरिन्।

    रसुवा बाढीपछि एकजना व्यक्तिलाई माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्दार गरिएको थियो। उद्दार पछि उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेका बेला अन्तर्वाता लिइएको थियो। उक्त सामग्री इन्साइड द बंकर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो। स्वास्थ्य प्रोटोकल र बिरामीको जीवनमाथि गम्भीर खेलबाड गरेको भन्दै त्यसको विरोध सुरू भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार