Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो


    मंगलबार, भाद्र ३० २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।

    त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

    राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार