Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • भैरहवामा तेल चोरी गर्दैगर्दा दुई ट्याङ्कर नियन्त्रणमा


    मंगलबार, भाद्र ३० २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो

    प्रहरीका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए । करिब १० बजे प्रहरीले छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ । घटनापछि ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार