Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • अर्थमन्त्री वाग्ले असोज १ गते भारत जाँदै


    मंगलबार, भाद्र ३० २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्।

    भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोसी विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्नेछन्। सरकारी स्रोतका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा रहनेछन्।

    भारत रहँदा उनी द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने उनले भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता तथा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन पनि गर्ने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार