नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ ।
२ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोपलाई सुरक्षित राख्न त्रिशुलीवारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको कोल्ड चेन स्टोरमा राखिएको हो ।
पुल बगेका कारण त्रिशुलीपारी रहेका स्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थामा स्थलमार्गबाट तत्काल खोप लैजान सम्भव नभएपछि खोपलाई सुरक्षित रूपमा त्रिशुलीपारी पुर्याउन वैकल्पिक ढुवानी माध्यमका रूपमा ड्रोन प्रयोग गरिएको हो ।
स्वास्थ्य सेवा विभाग, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको समन्वयमा ड्रोनमार्फत खोप त्रिशुलीपारी पुर्याइएको हो ।
बाढीलगत्तै प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा खोपको आपूर्ति सहज बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र प्रधानमन्त्री बालेन्द्र शाहको पहल तथा समन्वयमा मन्त्रिपरिषबाट ड्रोन उडानका लागि अनुमति प्राप्त भएपछि यो कार्य सम्भव भएको हो ।
अब त्रिशुलीपारी पुगेको खोपलाई कोल्ड बक्स तथा भ्याक्सिन क्यारियरमा राखेर सम्बन्धित स्वास्थ्य संस्था हुँदै गाउँ–गाउँसम्म पुर्याउने योजना जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले बनाएको छ । खोपको प्रभावकारिता कायम राख्न आवश्यक तापक्रम व्यवस्थापन गर्दै लक्षित समुदायसम्म खोप पुर्याइनेछ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले खोप अभियानका लागि आवश्यक जनशक्ति, खोप केन्द्र तथा अन्य व्यवस्थापनको तयारी गरिरहेको छ । त्यसपछि स्वास्थ्यकर्मी परिचालन गरी लक्षित समुदायलाई हैजाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिनेछ ।
बाढीका कारण पुल तथा सडकको आवागमन प्रभावित भए पनि खोपको कोल्ड चेन नटुटोस् र स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल वैकल्पिक ढुवानी व्यवस्था गरिएको हो। अब जिल्ला जनस्वास्थ्य कार्यालयको प्राथमिकता त्रिशुलीपारी पुगेको खोपलाई सुरक्षित तापक्रममा राख्दै गाउँ–गाउँसम्म पुर्याएर हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्नु रहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend