काठमाडौं । रसुवा बाढी आएको ११ दिन बितिसकेको छ । सुरुङ आयोजनामा फसेकाहरुको उद्दार कार्य जारी छ । जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विट्जरल्यान्डको प्रसिद्ध ड्रोन निर्माता कम्पनी ‘फ्लाइबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन् ।
विशेषगरी मानिस पुग्न नसक्ने अँध्यारा तथा साँघुरा सुरुङभित्र उडान भरेर अवस्था अवलोकन गर्न सक्ने गरी ड्रोन निर्माण गरिएको छ ।
फ्लाइबिलिटीका ड्रोनमा विशेष सुरक्षा घेरा हुने भएकाले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि क्षति नभई निरन्तर उडान गर्न सक्ने बताइएको छ ।
यस प्रविधिको प्रयोगबाट सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको अवस्था पहिचान गर्न तथा उद्धार कार्यलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ । स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि...
काठमाडौं। माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना...
काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ...
काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट भदौ १९ गते सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ । उक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend