Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • विपद्को बेलामा ग्यासमा अमानवीय मूल्यबृद्धि, तत्काल खारेज गर्न माग


    शुक्रबार, भाद्र १९ २०८३
    70
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति गर्न नसकेको नेपाल आयल निगमले यस्तो बिपदको समयमा मूल्यबृद्धि गरेको छ ।
    नागरिकहरुले ज्यान, धन र बासस्थान गुमाएर देशभरि हाहाकार मच्चिएको र देश नै रोइरहेको यो अत्यन्तै संवेदनशील घडीमा, विपद्को घाउमा मलम लगाउनुको सट्टा ‘लामो बाटोबाट ढुवानी गर्नुपरेको’ कुतर्क र बहाना अघि सार्दै उद्योगीहरुले खाना पकाउने एल.पी ग्यासमा प्रतिसिलिन्डर रु. १ सय ५ रुपैयाँ मूल्यवृद्धि गरेको घटनाप्रति राष्ट्रिय उपभोक्ता मञ्चले बिरोध गरेको छ । र, तत्काल मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ ।
    शुक्रबार जारी मञ्चको विज्ञप्तिमा उल्लेख छ–विपद्को मौका छोपेर, रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको यो मूल्यवृद्धि हदैसम्मको अमानवीय, गैरजिम्मेवारपूर्ण र निन्दनीय कार्य भएको मञ्चको ठहर छ । झन् विडम्बनाको कुरा त के छ भने, सङ्कटको बेला बजार अनुगमन र मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत दिनुपर्ने दायित्व बोकेको सरकारी निकाय ‘नेपाल आयल निगम स्वयम् उद्योगीहरुको यो नाफाखोर प्रवृत्ति र लुटतन्त्रमा मिलोमतो गरी रमिते बनेको स्पष्ट भएको छ ।
    विपदमा परेका जनतालाई अझ महँगीको भारी बोकाउने कार्यमा राज्यकै निकायको संरक्षण र साँठगाँठ हुनु लज्जास्पद विषय हो । एकातिर बाढीपीडितहरू जनताको लागि नेपाल सरकार बिश्वसँग सहयोग मागिरहेको र स्वयं व्यवसायीहरू समेत सहयोगी हात बढाइरहेको बेलामा सरकारी स्वामित्व भएको नेपाल आयल निगम समेतको  मिलोमतोमा ग्याँसको भाउ बढाउनु अत्यन्त अमानवीय कार्य हो ।
    राष्ट्रिय उपभोक्ता मञ्च नेपालले मन्त्रालय र नियमनकारी आगल निगमसँग राखेका मागहरु 
    १. विपद् र ढुवानीको बहानामा ग्यासमा गरिएको १ सय ५ रुपैयाँ मूल्यवृद्धि तत्काल खारेज गरियोस् ।
    २. राष्ट्रिय सङ्कटको मौका छोपी लुट मच्चाउने उद्योगी तथा व्यवसायीहरु र त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिलोमतो गर्ने नेपाल आयल निगमका सम्बन्धित पदाधिकारीहरुमाथि तत्काल उच्चस्तरीय छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गरियोस् ।
    ३. विपद्को समयमा खाना पकाउने ग्याँस लगायत सम्पूर्ण दैनिक उपभोग्य वस्तुहरुको सहज, सुलभ र नियमित आपूर्तिको सुनिश्चितता गरियोस् ।
    राष्ट्रिय उपभोक्ता मञ्चको माग

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार