काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार विदुर नगरपालिका तथा आसपासका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशुली सेफ हाउस तथा किरियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशुली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय पुगेर अवस्थाको जानकारी लिनुभएको छ। उहाँले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेट गरी उपचार व्यवस्थाको अवस्थाबारे जानकारी लिनुभएको छ ।
अनुगमनका क्रममा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री तथा औषधिको उपलब्धता भए–नभएको एकीन गर्नुका साथै आवश्यकताअनुसार थप औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।
साथै, स्वास्थ्यकर्मीको परिचालन, घाइते तथा बिरामीको उपचार व्यवस्था, सम्भावित सरुवा रोगको जोखिम न्यूनीकरण तथा प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई सम्बोधन गर्न मनोपरामर्श सेवाको उपलब्धताबारे समेत जानकारी लिइएको छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको छ ।
काठमाडौं । गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गर्ने मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत ५ जनाउपर अख्तियार दुरुपयोग...
काठमाडौं । भदौ १० गते तिब्बतको हिमताल फुटेर रसुवाको टिमुरेदेखि बेत्रावती, नुवाकोटको त्रिशुली र धादिङसम्म बिनाशकारी बाढीले तवाही मच्चायो । सयौं नागरिकको मृत्यु भइसकेको...
काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन । २०७३...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
काठमाडौं । सेन्चुरी विकास बैैंकबाट आएका केही विवादित कर्मचारीका कारण प्रभु बैंक झन् झन् अधोगतितर्फ उन्मुख भइरहेको छ । सेन्चुरीबाट आएका शंकर केसीलाई बैंकको प्रोजेक्ट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend