काठमाडौं । सेन्चुरी विकास बैैंकबाट आएका केही विवादित कर्मचारीका कारण प्रभु बैंक झन् झन् अधोगतितर्फ उन्मुख भइरहेको छ ।
सेन्चुरीबाट आएका शंकर केसीलाई बैंकको प्रोजेक्ट फाइनान्स हेडको जिम्मेवारी दिइएपछि त भन् प्रभु बैंकमा गुटबन्दी बढेको छ । यसअघि केही समय निमित्त सीईओ भएका निरज लम्सालले केसीजस्ता विवादित कर्मचारीलाई प्रोजेक्ट फाइनान्स हेडमा ल्याएका थिए ।
प्रोजेक्ट फाइनान्स हेड बनाएपछि केसीले सेन्चुरीबाट आएका कर्मचारीको छुट्टै ह्वाट्सएप गु्रप बनाएर उनीहरुलाई उकासेर नयाँ युनियन खोल्नेसम्मको तयारी गरेको स्रोत बताउँछ ।
प्रभु बैंकको पुरानो युनियनले ब्यवस्थापनसँग गरेको सम्झौताको बिरोध गर्न लगाएर सेन्चुरीका कर्मचारीहरुलाई नयाँ युनियन खोल्न उकास्ने काम केसीले गर्दैआएका छन् । बैंक गाभिएको ४ बर्ष बितिसक्दा पनि सेन्चुरी र प्रभु भनेर कर्मचारीहरुमा बिभाजन ल्याउने काम केसीले गर्दैआएका छन् ।
प्रभु बैंकको सुधारमा लागेका सीईओ सुमन शर्मालाई गुमराहमा राखी गुटबन्दी गरेको र बैंकका सूचना बाहिर दिएको आरोपमा रमेशकुमार श्रेष्ठलाई धनगढी सरुवा गरिसकिएको छ । श्रेष्ठको सरुवापछि सेन्चुरीका नाममा गुटबन्दी गर्ने र बैंकको धितो लिलामीमा चलखेल गर्ने काम केसीले गर्दैआएका छन् ।
नेपाल बैंक, सिद्धार्थ, एनआईसी एशियामा कार्यरत हुँदा पनि केसीको छवि राम्रो नभएको बताइन्छ । केसीले सिद्धार्थ बैंकमा हुँदा हरेक बंैक ग्यारेन्टी बनाउँदा समेत १ लाख घुस लिने गरेका थिए । एनआईसी एशिया बैंकमा पनि अनियमिततामा मुछिएकाले जागिरबाट राजीनामा दिन लगाई बिदा गरिएको खुलेको छ ।
सेन्चुरीमा हुँदा ५ प्रतिशत कमिसनमा ऋण मिलाउने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको थियो । सेन्चुरीमा हुँदादेखिका प्रकरण थाहा पाएपछि केसीलाई यसअघि प्रभु बैंकले काउन्टरमा खटाएको थियो । तिलगंगा आँखा अस्पतालको काउन्टरमा खटाइएका उनले त्यहाँ पनि मेसिन खरिदमा कमिसनको खेल खेलेको थाहा पाएपछि डा. सन्दुक रुइतको गुनासोपछि कपिलबस्तुको चन्द्रौटाको ब्रान्च म्यानेजरमा सरुवा गरिएको थियो ।
चन्द्रौटाको ब्रान्च म्यानेजरबाट सेन्चुरीका कर्मचारीको सेटिङमा निमित्त सीईओ भएको समयमा निरज लम्सालले प्रोजेक्ट फाइनान्स हेड बनाएपछि शंकर केसीले बैंकको धितो लिलामीका जग्गामा चलखेल गरिरहेको खुल्नमा आएको छ ।
ब्यापारी रुपज्योतिको बुढानीलकन्ठस्थित २६ रोपनी धितोको जग्गा लिलामीमा केसीले चलखेल गरिरहेको आरोप छ । धनगढीमा सरुवा गरिएका रमेशकुमार श्रेष्ठको समेत मिलेमतोमा रुपज्योतिको धितोमा रहेको जग्गामा चलखेल भइरहेको स्रोत बताउँछ ।
बैंकको हितमा भन्दा पनि सेटिङमा बढी तल्लीन भएका केसीलाई प्रोजेक्ट फाइनान्स हेडबाट पदमुक्त नगरेसम्म प्रभुको सुधार गर्ने सीईओ शर्माको योजना पूरा हुन असम्भव रहेको बैंककै अधिकारी बताउँछन् ।
काठमाडौं । भदौ १० गते तिब्बतको हिमताल फुटेर रसुवाको टिमुरेदेखि बेत्रावती, नुवाकोटको त्रिशुली र धादिङसम्म बिनाशकारी बाढीले तवाही मच्चायो । सयौं नागरिकको मृत्यु भइसकेको...
काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन । २०७३...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह सुशासनको कुरा त गर्छन्, तर उनकै कार्यालयको मातहतमा राखिएको गुप्तचरका हाकिम सूचनाको संकलन र सम्भावित घटना विश्लेषण गर्नुको सट्टा...
अनुसा थापा प्रधानमन्त्री देशको अभिभावक हुन् । आफ्ना नागरिकलाई प्रधानमन्त्रीले समान व्यवहार गर्नुपर्छ । तर, प्रधानमन्त्री बालेन्द्र साहका केही व्यवहारले गम्भीर प्रश्न उठाएको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend