Nepal Face
  • आइतबार, १४ भाद्र २०८३
  • मन्त्री मेहताको सक्रियतामा रसुवासहित बाढी प्रभावित तीनै जिल्लामा स्वास्थ्य सामग्री पठाइयो


    आइतबार, भाद्र १४ २०८३
    405
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन् । उनले बाढी प्रभाजित तीनै जिल्ला र काठमाडौंका अस्पतालहरुमा पनि बिभिन्न सरकारी निकाय र अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुले उपलब्ध गराएका स्वास्थ्य सामग्री जिल्लामा पठाउनका लागि स्वास्थ्य सेवा बिभाग र ब्यवस्थापन महाशाखालगायतका निकायलाई परिचालन गरेकी छन् ।

    यसैगरी मन्त्री मेहताले रसुवा, नुवाकोट लगायतका बाढी प्रभावित जिल्लाहरुमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम भदौ १० गतेदेखि नै खटाइसकेकी छन् । आजदेखि बिभिन्न अस्पतालमा बिज्ञ चिकित्सकको टोलीसहित थप उपचार, शब ब्यवस्थापन, पोस्टमार्टम लगायत समन्वयका लागि टिम पठाइएको छ ।

    मन्त्रीको निर्देशनमा स्वास्थ्य सेवा बिभागले रसुवा अस्पतालका लागि पीपीई २ सय सेट, डेथ बडी ब्याग १ सय ५० वटा, सर्जिकल मास्क ४ हजार वटा, एन–९५ मास्क २ हजार, ५० जोर सर्जिकल ग्लोब, बहुउद्देश्यीय (युटिलिटी) ग्लोब १ सय ५० हजार जोर, पोष्टपोर्टम सेट १ सेट, स्यानिटाइजर १० बोटल, ब्लीचीङ पाउडरलगायत शब ब्यवस्थापनका लागि चाहिने १९ वटा आइटम हेलिकप्टरबाट पठाएको छ ।

    जुन सामानहरु रसुवा धुन्चेको सेनाको ब्यारेकमा पुगेको जानकारी प्राप्त भइसकेको बिभागले जनाएको छ । बिभागले ती सामान सेनाको ब्यारेकबाट अस्पतालमा लैजान रसुवा अस्पताललाई जानकारी गराएको छ ।

    रसुवा, नुवाकोट र धादिङ स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य कार्यालयमा पठाइएको छ । रसुवा स्वास्थ्य कार्यालयमा Ready-to-Use Therapeutic Food. (RUTF)  प्याकेट, Balvita ६ लाख, Retinol  १ हजार क्याप्सुल स्वास्थ्य सेवा बिभागले गाडीबाट पठाएको छ । उक्त सामान सोमबार रसुवा अस्पतालमा पुग्नेगरी पठाइएको बिभागले जनाएको छ ।

    नुवाकोट स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य सामग्री पठाएको छ । नुवाकोट अस्पतालका लागि RUTF   २ सय प्याकेट, Balvita ६  लाख र  Retinol २ हजार गाडीबाट पठाइएको बिभागले जनाएको छ ।

    धादिङ स्वास्थ्य कार्यालयलाई RUTF  २ सय प्याकेट, Balvita  ६ लाख र Retinol २ हजार पठाएको छ ।

    स्वास्थ्य कार्यालय रसुवालाई Injury/ Tramuma/ disability Related  १० वटा आइटम जस्तै ,  C- Spine collar 15, knee cap 7,  lumber belt 19, knee cap 7; arm slings 20; ankle brace16 ; elbow support 8; knee immobilizar 6; curtches 12 गरी जम्मा १० वटा सामग्री गाडीबाट पठाएको छ । जुन सामान सोमबार पुग्नेछ ।

    बिभागले नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई पीपीई १ सय सेट, एन ९५ मास्क १ हजार थान, गम १२ जोरलगायत २३ वटा सामग्री उपलब्ध गराएको छ ।

    प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र कोशी, धनगढी, सुर्खेत, अन हर्ट वल्र्ड वाइड, महिला उद्यमी महासंघ, धुलिखेल अस्पताल, स्वास्थ्य ब्यवसायी संघ, हेक्याफबाट प्राप्त भएका अत्यावश्यक स्वास्थ्य सामग्री रसुवा, नुवाकोट र धादिङ लगायतका स्वास्थ्य केन्द्र र अस्पतालहरुमा पठाएको बिभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार