काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बिभिन्न ठाउँमा स्वास्थ्य सेवा बिभागमार्फत् औषधि तथा चिकित्सकको टोली पठाएको छ ।
बुधबार दिनभर स्वास्थ्य सेवा बिभागको आपूर्ति शाखाले बाढीपीडित क्षेत्रमा औषधिसहितका चिकित्सकहरु पठाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा नागरिकको उपचारमा कुनै कमी हुन नदिन दिएको निर्देशन पालना गर्दै स्वास्थ्य सेवा बिभागले बुधबार रसुवा र नुवाकोटतर्फ औषधि र चिकित्सकको टोली पठाएको हो ।
आपूर्ति शाखाका प्रमुख दया पन्तसहितका कर्मचारीहरु दिनभर औषधिसहितको टोली पठाउन सक्रिय रुपमा लागेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा नागरिकको खानपिन, स्वास्थ्योपचार सहित सबै जिम्मा लिने विश्वास दिलाइसकेका छन् ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका...
नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले...
काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend