काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई विदेशी गुप्तचर गतिविधिसँग जोडेर व्याख्या गरेका छन्। उनले उक्त घटनालाई विश्वकै सफलमध्ये एक ‘विदेशी(जासुसी विद्रोह’ भएको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले यसअघि भदौ २३ गतेको घटनालाई ‘जेन जेड विद्रोह’ र भदौ २४ गतेलाई ‘घुसपैठ विद्रोह’ भन्दै आएको स्मरण गरेका छन्। विभिन्न विद्रोह तथा जासुसी घटनासम्बन्धी सामग्री अध्ययन र त्यसबारे लामो समय विचार गरेपछि आफ्नो व्याख्या परिवर्तन गरेको उनको भनाइ छ।
मिश्रका अनुसार तत्कालीन घटनामा कुनै अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले नेपाली युवाको असन्तुष्टि, पीडा, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिना प्रयोग गरेको हुनसक्छ। स्थानीय स्तरमा देखिएको जनआक्रोशलाई बाह्य योजनाले आफ्नो उद्देश्यका लागि परिचालन गरेको उनको दाबी छ।
उनले घटनाको तीव्रतालाई पनि आफ्नो दाबीको आधारका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार करिब ६ घण्टाको अवधिमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राज्यका प्रमुख संरचना तथा राष्ट्रप्रमुखको निवासमा आगजनी भएको थियो। यस्तो प्रकृतिको घटना आफूले विश्वका अन्य उदाहरणमा समेत विरलै देखेको उनले उल्लेख गरेका छन्।
घटनापछिको अवस्थालाई लिएर योजनाकारहरूको उद्देश्य पूरा भयो वा भएन तथा उनीहरू अझै कुनै अभियानमा सक्रिय छन् कि छैनन् भन्ने विषय स्पष्ट हुन बाँकी रहेको मिश्रले बताएका छन्। तत्कालीन घटनाका योजना, नेतृत्व र कार्यान्वयनसँग सम्बन्धित गोप्य विवरण भविष्यमा सार्वजनिक भए त्यसले घटनाको वास्तविक प्रकृति बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।
भविष्यमा ती विवरण सार्वजनिक भए कुनै अन्तर्राष्ट्रिय चलचित्र निर्देशकले त्यस घटनामा आधारित जासुसी चलचित्र निर्माण गरेमा विश्वस्तरीय चलचित्र बन्न सक्ने दाबीसमेत उनले गरेका छन्।
मिश्रले विश्वका विभिन्न स्थानमा स्थानीय नागरिक वा युवालाई उनीहरूकै उद्देश्य अनुकूल गतिविधि गरिरहेको अनुभूति हुने तर त्यसको पछाडि अन्य पक्षको योजना तथा परिचालन रहने खालका गोप्य अभियानहरू देखिएको उल्लेख गरेका छन्। नेपालको भदौ २३ र २४ को घटनालाई पनि उनले त्यही प्रकृतिको गतिविधिसँग तुलना गरेका छन्।
उनले घटनाको वास्तविकता पत्ता लगाउन राज्यले यसको गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपालको दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न त्यस घटनाको पृष्ठभूमि, योजना र कार्यान्वयनका पक्षमा गम्भीरतापूर्वक पुग्नुपर्ने उनको तर्क छ।
साथै, उनले नेपालको आन्तरिक स्थायित्वसँगै समग्र क्षेत्रीय शान्ति र स्थिरताका लागि नयाँ प्रकारको राजनीतिक तथा रणनीतिक समझदारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend