Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • सर्वोच्चमा पेश गरेको रिट निवेदनमा  त्रुटि सच्याउन भन्दै देउवाले लगे फिर्ता


    शुक्रबार, भाद्र ५ २०८३
    145
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्।

    शुक्रबार दिउँसो देउवाले वारेसमार्फत रिट पेश गरेका थिए। सर्वोच्च अदालतमा अध्ययनकै क्रममा रहँदा मुद्दा नम्बर लगायतका विषयमा त्रुटी भएको भन्दै निवेदकले नै फिर्ता लगेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।

    रिटमा १५ औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ।

    नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले निशा दिइसकेको अवस्थामा महाधिवेशन रोक्नु पर्ने देउवा पक्षको माग छ।

    पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले यसअघि विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व आधिकारिक नभई आफैं आधिकारिक भएको दाबी गरेका छन्।

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता प्रदान गरेको थियो। उक्त निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।

    तर उक्त फैसला पुनरावलोकनका लागि देउवा र खड्काले निवेदन दिएपछि सर्वोच्चले निस्सा दिएको छ।

    तर गगन थापा नेतृत्वले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएर अगाडि बढेपछि देउवाले त्यसलाई रोक लगाउन सर्वोच्च गुहारेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार