काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्।
शुक्रबार दिउँसो देउवाले वारेसमार्फत रिट पेश गरेका थिए। सर्वोच्च अदालतमा अध्ययनकै क्रममा रहँदा मुद्दा नम्बर लगायतका विषयमा त्रुटी भएको भन्दै निवेदकले नै फिर्ता लगेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।
रिटमा १५ औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ।
नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले निशा दिइसकेको अवस्थामा महाधिवेशन रोक्नु पर्ने देउवा पक्षको माग छ।
पूर्वसभापति देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले यसअघि विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व आधिकारिक नभई आफैं आधिकारिक भएको दाबी गरेका छन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता प्रदान गरेको थियो। उक्त निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।
तर उक्त फैसला पुनरावलोकनका लागि देउवा र खड्काले निवेदन दिएपछि सर्वोच्चले निस्सा दिएको छ।
तर गगन थापा नेतृत्वले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएर अगाडि बढेपछि देउवाले त्यसलाई रोक लगाउन सर्वोच्च गुहारेका हुन्।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend