काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा सचिवालय सदस्यमा मनोनीत भएका हुन्।
त्यस्तै रास्वपा बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मोनोनीत हुनेमा पूर्वाधार विकासमन्त्रीसमेत रहेका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी छन्।
रास्वपा बैठकले विभागीय प्रमुखको जिम्मेवारीसमेत तोकेको छ। जसमा सार्वजनिक सेवा तथा जनगुनासोमा विजय जैरु, जनस्वास्थ्यमा डा। तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शिशिर खनाल, अर्थमा लिमा अधिकारी, प्रशिक्षणमा विपिन आचार्य र कमल सुवेदी र संगठनमा प्रमोद न्यौपानेलाई जिम्मेवारी तोकेको छ।
त्यस्तै पाँच जनालाई पदाधिकारीमा मनोतीत गर्दै रास्वपाले जिम्मेवारीसमेत तोकेको छ। जसमा प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा सुरेन्द्र चौधरी र डा। नविता यादव, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सह(कोषाध्यक्षमा बसुमाया तामाङ छन्।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend