काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच पार्टीभित्र चर्किएको विवाद तथा संगठनात्मक एकताका विषयमा छलफल भएको छ ।
शुक्रबार बिहान कोइराला देउवा निवासमै पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक परिस्थिति र काँग्रेसभित्र देखिएको मतभेदलाई व्यवस्थापन गर्ने उपायबारे कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार दुई नेताबीचको संवाद समसामयिक राजनीतिक अवस्थासँगै पार्टी एकतालाई केन्द्रमा राखेर भएको थियो ।
काँग्रेसमा आगामी नेतृत्व र महाधिवेशनको विषयलाई लिएर संस्थापन तथा देउवा पक्षबीच मतभेद बढ्दै गएको छ । देउवा पक्षले गगन थापालाई सभापतिको उम्मेदवारका रूपमा स्वीकार नगर्ने अडान लिएपछि पार्टीभित्रको विवाद थप गहिरिएको छ ।
संस्थापन पक्षले आगामी असोजमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाइसकेको छ । त्यसविरुद्ध देउवा पक्षले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
पार्टीभित्रको विवादले संगठनात्मक विभाजनको सम्भावना बढिरहेका बेला नेता कोइरालाले काँग्रेसका विभिन्न पक्षका नेताहरूसँग संवाद अघि बढाएका छन् । यही क्रममा देउवासँग भएको भेटलाई पनि पार्टीभित्रको असहमति घटाउने प्रयासका रूपमा हेरिएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend