Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • जाजरकोटको डोग्रा खोलामा आएको बढीले बगाउँदा दुई जना बेपत्ता


    शुक्रबार, भाद्र ५ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीले बगाउदा दुई जना बेपत्ता भएका छन्।

    प्रहरीका अनुसार डोग्रा खोलामा आएको बढीले बगाउँदा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन्।

    प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ।

    बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

    लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार