काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकिएको हो ।
रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।
सरकारका विभिन्न निकायले २०८० साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि भने अहिलेसम्म सुनुवाइको पालो नै आएको छैन । कारण देखाऊ आदेशपछि यो मुद्दामा साढे दुई वर्षसम्म सुनुवाइ हुन सकेको छैन ।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। शुक्रबार दिउँसो...
पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार ९७ भदौ०मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर)मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend