काठमाडौँ। बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नियुक्त ६ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमालेबाट भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाइएको छ। मन्त्रालय बाँडफाँटसम्बन्धी सहमति पूरा भएपछि तामाङको जिम्मेवारी तोकिने मुख्यमन्त्री थापा मगरले बताएका छन्।
नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। नेकपाले पाउने अर्को मन्त्रालयमा भने पछि मन्त्री नियुक्त गर्ने तयारी छ।
राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेका छन्। पछिल्लो विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend