काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन्।
पार्टीले पर्याप्त छलफल नगरी निर्णय गरेको दाबी गर्दै कमल थापाले उक्त निर्णयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। उनका अनुसार आफू मात्र नभई पार्टीका केही अन्य नेताहरूले समेत कारबाहीको निर्णयप्रति असहमति राखेका छन्।
थापाले पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया पूरा नगरी संसदीय दलका नेतालाई कारबाही गरिएको आरोप लगाए। निर्णय प्रक्रियामा संस्थागत छलफल र विधिसम्मत अभ्यासलाई बेवास्ता गरिएको उनको भनाइ छ।
पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्र निर्णय गर्दा विधान र स्थापित प्रक्रियाको पालना हुनुपर्ने बताए। उद्धव थापामाथिको कारबाहीलाई उनले निरंकुश शैलीमा गरिएको निर्णयका रूपमा व्याख्या गर्दै आफूहरू त्यसलाई स्वीकार गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
यसअघि राप्रपाले पार्टीको निर्देशन विपरीत बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै उद्धव थापामाथि कारबाही गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति पार्टीभित्रै असहमति देखिएपछि राप्रपाको आन्तरिक विवादसमेत सार्वजनिक भएको छ।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend