Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त


    बिहिबार, भाद्र ४ २०८३
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्।

    प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

    प्रदेश प्रमुखको कार्यालयमा तीन दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरणअनुसार बागमती सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।

    यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका थिए। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार