Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने कांग्रेसको संस्थापन इतर समूहको निर्णय 


    बिहिबार, भाद्र ४ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।

    संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगञ्ज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिए ।

    अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतर समूहको भनाइ छ ।

    कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार