Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै, आजै शपथ लिने तयारी


    बिहिबार, भाद्र ४ २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागमती प्रदेशमा बन्न लागेको नेकपा र नेकपा (एमाले) नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चर्किएको छ।

    राप्रपाको केन्द्रदेखि बागमती प्रदेश संसदीय दलको सचिवालयले समेत समर्थन आधिकारिक नभएको दाबी गरिरहेका छन्। तैपनि राप्रपाका तीन सांसद भने आजै मन्त्रीको शपथ लिने तयारीमा जुटेका छन्।

    एमालेका किरण थापा नेतृत्वको सरकारमा राप्रपाबाट तीन जनालाई आजै नियुक्त गरेर सपथ खाने तयारी भइरहेको बताइएको छ। बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी हुन लागेको राप्रपाले जनाएको छ।

    उपनेता लामाका अनुसार उनीसहित राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै सपथ लिने तयारी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेको बागमतीमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय लिने सहमति भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार