काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई मुद्दा हाल्न चुनौती दिएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफ्नो प्रश्नमा अडिग गरेको बताएका छन्। यसअघि सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीविरुद्ध उजुरी परेकाले छानबिन गर्नुपर्ने विचार राखेका थिए।
त्यसलाई लिएर चर्को आलोचना भएको थियो। त्यस विषयमा आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्याललाई समेत भेटेका थिए।
बिहीबारको बैठकमा सांसद सुनारले त्यही विषयलाई फेरि उठाएका हुन्। ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएनरु’ सांसद सुनारले भने, ‘फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ।’
उनले प्रहरी मुख्यालयलाई विचौलियाले कब्जा गरेको जिकिर गरे। ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ सांसद सुनारले भने।
यसअघिको बैठकमा आफूले सोधेको प्रश्नमा अडिग रहेको बताउँदै छानबिन गर्नुपर्नेमा जोड दिए। ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।
आफूले कसैको मानमर्दन नगरेको प्रस्टीकरण दिए। यदि कसैलाई मानमर्दन भएको लागेमा मुद्दा हाल्न चुनौती दिए।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ सांसद सुनारले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’
उनले संसदीय समितिमा आएर सांसदसँग जुहारी खेल्न नहुने सुनाए। ‘एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ सांसद सुनारले भने।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend