काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् ।
मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखको दोहोरो जिम्मेवारीमा रहेका डा. नागेन्द्रप्रसाद यादवको भरतपुर अस्पतालमा सरुवा भएको २ महिना बितिसक्दा पनि रमाना नलिई बसेका थिए । गएको असार १ गते उनको सरुवा भरपुर अस्पतालमा भए पनि उनी रमाना नलिई सरुवा रद्द गराउन शक्तिकेन्द्र गुहार्दैआएका थिए ।
सरुवा भएको २ महिना समय ब्यतित भइसकेका डा. यादवलाई तत्काल रमाना गर्न प्रमुख सचिव पौडेलले निर्देशन दिएलगत्तै बुधबार (५ भदौ, २०८३) उनलाई पत्र दिइएको छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई तत्काल रमानापत्र दिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ ।
मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार उनले रमानापत्र लिएर भरतपुर अस्पतालमा फिर्ता नभएमा प्रहरी नै लगाएर पठाउनसमेत प्रमुख सचिव पौडेलले निर्देशन दिइसकेका छन् ।
डा. यादवलाई तत्काल रमाना दिन मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ–नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरवार, काठमाडौंको पत्र संख्या ०८२/८३/१/क.प्र., चलानी नं. २२०६, मिति २०८३/०३/३१ को छायाँ प्रति यसैसाथ संलग्न गरी पठाइएको छ । सोही पत्रबाट विस्तृत व्यहोरा अवगत गरी तहाँ कार्यालयमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन (अधिकृत दशौँ तह) डा. नागेन्द्रप्रसाद यादव (कर्मचारी संकेत नं. २१२४८०० लाई नेपाल सरकार (सचिवस्तर) को मिति २०८३/०३/०१ को निर्णयानुसार निजको दरबन्दी रहेको निकाय भरतपुर अस्पताल, चितवनमा काजफिर्ता गरिएको हुँदा निजलाई तत्काल रमाना दिई सोको जानकारी यस मन्त्रालयमा पेश गर्नुहुन आदेशानुसार अनुरोध छ ।’
डा. यादवसहितका ११ औं तहका चिकित्सकहरुको गएको असार १ गते काजसरुवा भएको थियो । कानुनमा सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा हाजिर हुनैपर्ने ब्यवस्था छ । तर, सरुवा भएको ५६ दिन बितिसक्दा पनि डा. यादव सरुवा भएको कार्यालय भरतपुर अस्पतालमा हाजिर नभई अटेर गरी प्रदेश आपूर्ति केन्द्र र प्रयोगशालाको प्रमुखका रुपमा कार्यरत थिए ।
डा. यादव मधेश प्रदेशका स्वास्थ्य मन्त्री नागेन्द्र यादव र मुख्यमन्त्री कृष्ण यादवलाई प्रभावमा पारी उनी काजफिर्ता हुँदा पनि अटेर गर्दैआएका थिए । र, काजसरुवा बदर गराउन शक्तिकेन्द्रमा धाउँदैआएका थिए ।
स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि रमाना लिएर खटाएको कार्यालयमा अटेरी गर्दैआएका डा. यादवले आपूर्ति केन्द्रबाट धमाधम स्वास्थ्य उपकरणको बोलपत्र गर्ने तयारी गरिरहेका छन् । उनले करोडौंका उपकरण खरिदका टेण्डर गर्ने तयारी गरेका छन् । बिशाल पण्डित र उनको परिवारका कम्पनीसँग मिल्नेगरी उनले टेण्डरको तयारी गरेको आरोप छ ।
डा. यादव परिवारकै सदस्यमार्फत् सरुवा रोकाउन लागिपरेका थिए । डा. यादवकी श्रीमती नविता यादव रास्वपा केन्द्रीय सदस्य भएकाले उनीमार्फत् सरुवा रोकाउन स्वास्थ्य मन्त्री निशा मेहतादेखि प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसम्म दौडधूप गर्दैआएका छन् । तर मन्त्री मेहताले भने एकजनाको काजसरुवा रद्द गर्न नसक्ने भन्दै रमाना लिन निर्देशन दिएकी थिइन् ।
स्वास्थ्य उपकरण माफिया बिशाल पण्डित पनि यादवलाई मधेश प्रदेश आपूर्ति केन्द्रमै टिकाउन लागेको स्रोत बताउँछ ।
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
काठमाडौं । नेपाल प्रहरीले इलाका, जिल्ला र प्रदेशमा सरुवा गरेका इन्चार्जहरुले सम्बन्धित कार्यालयमा कार्यरत प्रहरीलाई नै कार्यक्षेत्रमा परिचालन गर्नुपर्नेमा आफूसँगै आफ्नानिकट प्रहरीलाई पनि लिएर...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्त पद ८ महिनादेखि रिक्त छ । आयुक्त किशोर सिलवाल ६५ बर्षे उमेरहदले २०८२ मंसिरमा निवृत्त भएपछि...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मन्त्री निशा मेहताले सुरुदेखि नै सचिव डा. विकास देवकोटाको सहयोग पाउन सकेकी छैनन् । स्वास्थ्य वीमा बोर्डमा तत्कालीन...
काठमाडौं । रेमिट्यान्सका भरमा देश चलेको छ । तर त्यही रेमिट्यान्स भित्र्याउने कामदार बिदेश पठाउन सहजीकरण गर्ने म्यानपावरहरु सरकारको दम्भले गर्दा आजदेखि बन्द भएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend