Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरु परिवर्तन, परिवार कल्याणमा अर्याल


    शुक्रबार, साउन २२ २०८३
    12.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालय अन्तर्गतका महाशाखा र शाखा प्रमुखको सरुवा र औषधि ब्यवस्था बिभागका केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी छन् ।

    भरतपुर अस्पतालका डा. ओम अर्याललाई परिवार कल्याण महाशाखाको प्रमुखमा ल्याइएको छ । परिवार कल्याणका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ । स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइएको छ ।

    मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारीलाई स्वास्थ्य सेवा बिभागअन्तर्गत सरुवा गरिएको छ ।

    त्यसैगरी, औषधि व्यवस्था विभागमा कार्यरत तीन जना बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

    १९ साउनको मन्त्रिस्तरीय निर्णयका आधारमा विभागका बरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधी प्रयोगशालाको जिम्मा दिइएको छ ।

    प्रयोगशालाकी औषधी व्यवस्थापक संगिता साहलाई विभागको वीरगञ्ज शाखामा खटाइएको छ । यस्तै विभागको वीरगञ्ज शाखाको नेतृत्व गरेका औषधि व्यवस्थापक शम्भु साहलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार