काठमाडौं । मुनाफाका लागि खोलिएको निजी मेडिकल कलेजले सरकारी अस्पतालको नाममा रहेको जग्गा अति न्यून मूल्यमा लिजमा लिएर त्यही जग्गा बैंकमा राखी १ अर्ब ३५ करोड रुपैयाँ ऋण लिएको छ ।
संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा रहेको झण्डै ३१ बिगाहा जग्गामध्ये ९ बिगाहा जग्गा ३० बर्षअघि ४९ बर्षका लागि कौडीको मूल्यमा लिजमा लिएको कलेज अफ मेडिकल साइन्सले सोही जग्गा धितो राखी नेपाल इन्भेष्टमेन्ट मेघा बैंकबाट १ अर्ब ३५ करोड रुपैयाँ ऋण लिएको छ ।
२०५३ असार १४ गतेको मन्त्रीपरिषदले अस्पतालको हाताभित्रको ९ विगाहा जमिन मेडिकल कलेजलाई ४९ बर्षका लागि ५ सय शैयाको अस्पताल बनाउन लिजमा दिने निर्णय भयो । उक्त निर्णय गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । यद्यपि ऋण दिएको समयमा भने लिजमा लिएको मात्रै नभई झण्डै ३१ विगाहा नै रोक्का राखी १ अर्ब ३५ करोड दिएको देखिन्छ ।
भरतपुर अस्पतालका नाममा रहेको कि.न. १२ क्षेत्रफल ३० बिघा ११ कठ्ठा ६ धुर जग्गा धितो राखी कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण लिएको छ । तर यसरी सरकारी जग्गा धितो राखेर ऋण दिंदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु मौन छन् ।
लिजमा लिएको सरकारी जग्गा धितोमा राख्न मिल्ने कुरै भएन । चलानी नम्बरसमेत नभएको स्वास्थ्य मन्त्रालयको पत्रको आधारमा जग्गा रोक्का गरिएको विषयमा मालपोत कार्यालय भरतपुर चितवनले पनि गोलमटोल उत्तर दिएर टार्दै आएको छ ।
जग्गा खाली गराउन भरतपुर अस्पतालको पटक–पटक हारगुहार
भरतपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेगरी प्रक्रिया अगाडि बढाइरहेकै अवस्थामा उसको नाममा भएको अधिकांश जग्गा मुनाफाखोर मेडिकल कलेजदेखि एनजीओले कब्जा गरेको तर सरकारले खाली गराउन कुनै पहल नगरेकोबारेमा नेपालफेसले निरन्तर समाचार प्रकाशित गर्दैआएको छ ।
कोशी अस्पताल बिराटनगरको अतिक्रमित जग्गा खाली गराएको सरकारले भरतपुर अस्पतालको अतिक्रमण भएको जग्गा खाली गराउन कुनै कदम अगाडि बढाएको छैन । कौडीको मूल्यमा ४९ बर्षका लागि भरतपुर अस्पतालको जग्गा लिजमा लिएको कलेज अफ मेडिकल साइन्सको उक्त जग्गाको लिज सम्झौता तोड्न रास्वपा सभापति रवि लामिछानेले नै रोकेको आरोप छ ।
कलेज अफ मेडिकल साइन्सका संचालक भी नटराज र नगेन्द्र पम्पाटीकै डिजाइनमा डा. मनोहर प्रधानलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सल्लाहकार बनाइएको छ । विज्ञापन ब्यवसाय हुँदै मारवाडी ब्यापारीले प्रशासनदेखि प्रहरी मिलाउन मध्यस्थकर्ताका रुपमा उपयोग गरेका राजेन्द्र अर्याललाई समेत परिचालन गरी मेडिकल कलेजका संचालक नटराजले भरतपुर अस्पतालको ९ बिगाहा जग्गाको लिज सम्झौता तोड्नबाट रोक्दैआएको आरोप छ ।
रवि लामिछानेकै संरक्षण !
रास्वपा सभापति रवि लामिछानेकै संरक्षण भएकाले भरतपुर अस्पतालको जग्गा गैरकानुनी रुपमा लिजमा लिएको कलेज अफ मेडिकल कलेजमाथि कुनै निकायले समेत एक्सन लिन सकेका छैनन् ।
गोरखा घर भएकाले २०४८ मा चिरन्जीवी वाग्ले संचारमन्त्री हुँदा ठमेलदेखि न्यूुरोड क्षेत्रका मारवाडी ब्यापारीलाई एउटा ल्याण्डलाइन फोन मिलाएबापत ५० हजारदेखि १ लाखसम्म लिने अर्याल पछिल्ला दिनमा रास्वपा शक्तिमा आएपछि सोही पार्टीमा लागेर भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार हुँ भन्ने गर्दछन् । तिनै अर्यालले गैरकानुनी रुपमा लिज सम्झौता गरी लिएको भरतपुर अस्पतालको ९ बिगाहा जग्गा खाली गराउन रोक्दैआएका छन् । कलेज अफ मेडिकल साइन्सका भी नटराजले तत्कालीन शिक्षामन्त्री गोविन्दराज जोशीलाई करोडौं घुस दिएर गैरकानुनी रुपमा भरतपुर अस्पतालको उक्त जग्गा लिजमा लिएका थिए ।
बिगतका सरकारले गरेका बेथिति र गैरकानुनी निर्णय बालेन्द्र शाह नेतृत्वको सरकारले बदर गर्दैआएको छ । तर भरतपुर अस्पतालको गैरकानुनी रुपमा लिज सम्झौता गरी मेडिकल कलेजलाई दिएको जग्गा खाली गराउन सरकारले सकेको छैन । लिजमा लिएको जग्गामा कलेज अफ मेडिकल साइन्सले बिशाल भवन बनाएको छ ।
पर्याप्त मुनाफामूलक ब्यापार गरिरहेको छ । तर भरतपुर अस्पतालले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि आफ्नै स्वामित्वको जग्गासमेत उपभोग गर्न पाइरहेको छैन । उसले जग्गा खाली गराउन स्वास्थ्य मन्त्रालयदेखि बिभिन्न निकायका पटक–पटक आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराइदिन पत्राचार गरे पनि कलेज अफ मेडिकल साइन्सका संचालक भी नटराजले शक्तिकेन्द्रमा पैसा बुझाएर रोक्दैआएका छन् । विगतका सरकारमात्र होइन, वर्तमान सरकार संचालन गर्ने पार्टीकै सभापति लामिछानेलाई उनले प्रभावमा पार्दा भरतपुर अस्पतालको बिस्तार नै अबरुद्ध हुन पुगेको छ ।
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि सर्टलिष्टमा परेका ६ जनालाई साउन १७ गते आइतबार अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको छ ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बाचापत्रमा राजनीतिक नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्ने उल्लेख गरेको छ । रास्वपा नेता कार्यकर्ताहरुले विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोेजक रहेको समितिले लगानी बोर्डको सीइओका लागि ३ जनाको नाम सिफारिस गरेको छ । संक्षिप्त सूचीमा छनोट भएका...
काठमाडौं । नेकपा(एमाले)को विद्यार्थी संगठन अखिलको केन्द्रीय सदस्य भएको नाता जोड्दै चार बर्षसम्म सडक विभागको सबैभन्दा आकर्षक ठाउँ एशियाली बिकास बैंक(एडीबी) सडक निर्देशनालयमा बसेका...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend