Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेन र सुनिलले मालपानीलाई उन्मुक्ति दिंदा विष्णु पौडेलको मुद्दा कमजोर, अदालतले उठायो गम्भीर सवाल


    आइतबार, साउन ३ २०८३
    1.9K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका बिरुद्ध पर्याप्त प्रमाण नभई नियन्त्रणमा लिएर मुद्दा चलाएकोमा बिशेष अदालतले साधारण तारेखमा छाडेको छ । पौडेलका बिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले हचुवाका भरमा मुद्दा चलाएकै कारण उनलाई अदालतले साधारण तारेखमा छाडेपछि रास्वपाभित्र एकथरीले न्यायालयको सार्वजनिक बिरोध गर्न थालेका छन् । कानुन ब्यवसायीसमेत रहेका रास्वपाका सांसद यज्ञमणि न्यौपानेले अदालतले सरकारलाई सहयोग नगरेको आसयको टिप्पणी सामाजिक संजालमा पोष्ट गरेका छन् ।

    रास्वपाका अर्का सांसद गोविन्द पन्थीले भने सम्पत्ति शुद्धीकरण बिभागसँग आधारहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्‍याइयो भनेर प्रश्न गरेका छन् । उनले प्रश्न गरेका छन्–‘यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने २० करोड ९० लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो ?’

    पन्थीले सरकारी निकायको अनुसन्धानमै प्रश्न उठाउँदै लेखेका छन्–‘यदि अनुसन्धान र अभियोजनमा कमजोरी छ भने त्यसको जवाफदेही को हो ? यदि राज्यका निकायहरूबीच समन्वय र प्रमाण व्यवस्थापनमै समस्या छ भने त्यसले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर बनाउँछ ।’

    पन्थीले लेख्छन्–‘यी प्रश्नहरू कुनै एक व्यक्ति वा दलका मात्र होइनन् ? अनुसन्धान गर्ने निकाय, अभियोजन गर्ने निकाय र न्यायिक प्रक्रियाको गुणस्तरसँग सम्बन्धित गम्भीर विषय हुन् । अनुसन्धान कमजोर थियो, अभियोजन हतारमा भयो वा अदालतले प्रमाणको मूल्याङ्कन फरक ढंगले गर्‍यो? यसको वस्तुनिष्ठ समीक्षा हुनैपर्छ ।’

    सम्पत्ति शुद्धीकरण बिभागमार्फत् वालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वाग्रह राखी तथ्य र कानुनमा नटेकी पौडेललाई नियन्त्रणमा लिएर मुद्दा चलाएको बिशेष अदालतको आदेशले समेत पुष्टि गरेको छ । तर रास्वपाका कानुन ब्यवसायीसमेत रहेका सांसद न्यौपानेले भने तथ्यबिना नै अदालतले पौडेललाई संजाय तोक्नुपर्ने जस्तो आसयको टिप्पणी गरी न्यायालयकै अवहेलना गरेका छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नक्कली नागरिकतादेखि राजस्व छलीमा मुछिएका विवादास्पद व्यापारी कमलकिशोर मालपानीलाई जोगाउन खोजेकै कारण एमाले उपाध्यक्ष पौडेलविरुद्धको मुद्दा कमजोर बनेको चर्चा पनि हुने गरेको छ ।

    कमलकिशोर मालपानीका छोरा नितेश र मन्त्री लम्साल मिल्ने साथी भएकाले उनलाई जोगाउन दीपक भट्ट प्रकरणमा समेत अनुसन्धानको दायरामा ल्याइएन । । दीपक भट्टलाई करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स र श्रीराम टोबाकोमा १८ प्रतिशत सेयर राजनीतिक र प्रशासनिक संरक्षणका लागि सिंत्तै दिएको बिषयमा मालपानीका बाबुछोरा छानबिनमा नतानिनुमा पनि प्रधानमन्त्री शाह र मन्त्री लम्सालकै दबाब रहेको चर्चा हुने गरेको छ ।

    सुनिल लम्सालले नै गएको फागुन २१ को निर्वाचनअघि वालेन्द्र शाहलाई मालपानीले राजस्व छली गरी भित्र्याएको ८ करोडको डिफेन्डर गाडी दिएको संचारमाध्यमले उजागर गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नुप्रसाद पौडेलको बयानको आधारमा पौडेललाई पक्राउ गरेको थियो । तर, कमलकिशोर र चुन्नुलाई साक्षी बनाएर जोगाएपछि समग्र मुद्दा नै कमजोर बनेको हो । मालपानी र शर्मालाई जोगाएको विषयमा बिशेष अदालतले प्रश्न उठाएको छ ।

    बिशेष अदालतको आदेशमा उल्लेख छ–‘श्रीराम टोवाको उद्योग प्रालिका सञ्चालक–शेयरधनीहरू चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा, श्रीराम टोवाको उद्योग प्रालिको ३ लाख ७५ हजार कित्ता शेयर दीपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिका नाममा बिक्री गर्दा तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाममा २० हजार कित्ता शेयर साफ्रन सिकी इन्भेष्टमेन्ट प्रालिको नाममा खरिद गर्दा यी प्रतिवादी विष्णुप्रसाद पौडेलले सहजीकरण गरेको भन्नेसम्म उल्लेख गरेको देखिएकोमा उक्त शेयरहरू खरिद बिक्रीबाट लाभाग्रही देखिएका सम्बद्ध कम्पनी तथा व्यक्तिउपर आरोप दाबी लिएको देखिंदैन ।’ मालपानी र चुन्नलाई सरकारकै योजनामा सेटिङमै जोगाएको आशंकालाई अदालतको यो आदेशले पनि थप बलियो बनाएको छ ।

    को हुन् मालपानी ?

    मालपानी यसअघि नागरिकता लगायत विभिन्न प्रकरणमा मुछिएका व्यापारी हुन् । उनको नागरिकताको विषयमा विभिन्न निकायमा उजुरी परे पनि छानविन हुन सकेको छैन । उनले पैसाकै बलमा छानबिन रोक्दैआएका छन् । वालेन्द्र शाह सरकारको पालामा छानबिन हुने अपेक्षा गरिएको थियो । तर मालपानीका छोरा नितेश प्रधानमन्त्री शाहका अति निकट मन्त्री लम्सालका साथी भएकाले त्यो संभावना पूरै टरेको छ । कमलकिशोरका बुबा बालकृष्ण मालपानी भारतीय हुन् । उनका भाइको अहिलेसम्म नागरिकता छैन । तर, कमलकिशोरले भने बंशजको आधारमा २०५४ सालमा सप्तरीबाट नागरिकता निकालेका थिए । पछि २०७१ मा रुपन्देहीबाट प्रतिलिपि लिएका थिए ।

    सप्तरी जिल्लाको नागरिकताको प्रतिलिपि कसरी रुपन्देहीबाट लिन सफल भए भन्ने विषय पनि रहस्यमय छ । मालपानी भारतबाट बिराटनगरमा आएका हुन्, त्यसपछि मासिक २ सय रुपैयाँ तलब पाउनेगरी भैरहवाका महेन्द्र श्रेष्ठ नामका ब्यापारीकोमा पुगेका थिए । पछि भारतबाट गुट्खा तस्करी गर्दै नेपालमा बिक्री गर्ने धन्दामा लागे । त्यसमा धेरै लाभ देखिएपछि उनले पछि तिनै महेन्द्रलाई समेत साझेदार राखी गुट्खा उत्पादन नेपालमै ब्यापार सुरु गरेका थिए । आफूलाई भारतबाट बिराटनगर हुँदै भैरहवामा लगेर रोजगारी दिने महेन्द्रलाई ब्यापारीक साझेदार राखेका मालपानीले पछि उनलाई निकालेर गुट्खा कम्पनी एक्लौटी बनाएका थिए ।

    मालपोत गुट्खामा अन्तःशुल्क छली गरी रातारात करोडौंपति भए । उनले करेन्ट चाउचाउ र मसलाहरु उत्पादनमा लागे । वाईवाई चाउचाउसँग हुबुहु मिल्नेगरी ट्रेडमार्क चोरी गरी करेन्ट चाउचाउ उत्पादन गर्न थाले । वाईवाई चाउचाउका संचालक बिनोद चौधरीले उद्योग बिभागमा ट्रेडमार्क चोरीको मुद्दा दिए । तर उद्योग बिभागका तत्कालीन महानिर्देशक बाबुराम गौतमले कुस्त लाभ लिएर उनलाई मुद्दा जिताएको आरोप लाग्ने गरेको छ ।

    चौधरीले मुद्दा हारेपछि उनीसँग टक्कर लिन विवादास्पद बिचौलिया दीपक भट्टलाई करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स र श्रीराम टोबाकोमा १८ प्रतिशत सेयर दिएका थिए ।

    मालपानीका कम्पनीहरु राजस्व छलीमा समेत पटक पटक मुछिएका छन् । कमलकिशोरको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा २०८२ बैशाखमा बाणिज्य बिभागले छापाहानी सिलबन्दी थियो । बिभागले उक्त कम्पनीबाट उत्पादित गुट्खा कम तौलको भएकाले छापा हानी सिलबन्दी गरेको थियो ।

    त्यतिबेलाका महानिर्देशक कुमारप्रसाद दाहालले मालपानीको गोदामबाट कम तोलाको दसौं करोडको गुट्खा बिक्री भएको रेकर्ड भेट्टाए पनि करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिको कारबाही फासफुस पार्न मालपानी सफल भएका थिए ।

    राजस्व अनुसन्धान बिभागसहित अन्य निकायलाई आफ्नै कब्जामा राखेका मालपानीले कुमार दाहाललाई सेटिङ गर्न खोज्दा उनले अस्वीकार गरेपछि उनलाई त्यहाँबाट हटाउन मालपानीका मित्र तत्कालीन उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली सक्रिय भएका थिए । मालपानीका अर्का साझेदार पूर्व नायबसुब्बा रघुनाथ घिमिरेहरु सबै शक्ति लगाएर उनको सरुवा बाणिज्य बिभागबाट गर्न लागेका थिए । घिमिरे जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने बहुचर्चित सुब्बा हुन ।

    तौल नपुगेका र अन्तः शुल्क समेत बुझाएका दसौं करोडका गुट्खा बजारबाट फिर्ता लिन लिखित निर्देशन दिएपछि पनि ती फिर्ता भएनन् ।

    श्रीराम टोबाकोको नाममा सुपारी तस्करी

    गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अरबको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोका कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको समूहले सुपारी तस्करी समेत गर्दैआएको छ । श्रीराम टोबाकोले २०७९ मा २३ सय मेट्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ ।

    शक्तिकेन्द्र मिलाएर मालपानीले हरेक पटक श्रीराम टोबाकोको नाममा सुपारीको कोटा बढी लिने गरेका थिए । जुन सुपारी उनले भारततर्फ तस्करी गर्दैआएका छन् । चुन्नप्रसाद शर्मा पौडेल मालपानीकै ब्यापारीक साझेदार हुन । जो रुपन्देही ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार थिए ।

    बिष्णु पौडेलले अर्थमन्त्री हुँदा मालपानीको श्रीराम टोबाको कम्पनीलाई सुपारीको कोटा दिएको दाबी सम्पत्ति शुद्धीकरणको अभियोजनमा गरिएको थियो । तर पौडेल अर्थमन्त्री हुँदा श्रीराम टोबाकोलाई सुपारीको कोटा दिएको प्रमाण नभेटिएको अदालतको आदेशमा उल्लेख छ । सुपारीको कोटा लिने मालपानीलाई किन विपक्षी नबनाएको भन्दै अदालतले प्रश्न गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार