काठमाडौं । सशस्त्र प्रहरी बलका ५ एसपीको सरुवा भएको छ । शुक्रबारको मितिमा भएको र शनिबार सार्वजनिक गरिएको सरुवा अनुसार दयाराम शर्मा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, ध्रुव केसी केन्द्रीय लेखा, सुरेश खतिवडा आर्थिक प्रशासन, राजकुमार ढकाल एपीएफ अस्पताल र गणेशबहादुर मल्ल भण्डार महाशाखा छन् । सशस्त्र प्रहरीले ७१ डीएसपीको पनि सरुवा गरेको छ ।
पाँच एसपीदेखि ७१ डीएसपीको सरुवामा आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी होम ज्ञवाली हावी देखिएका छन् । उनकै डिजाइनमा आकर्षक र महत्वपूर्ण ठाउँका सरुवा भएका छन् । ज्ञवालीका ट्वाइसी ध्रुव केसीलाई केन्द्रीय लेखा प्रमुख बनाइएको छ । उनका अति निकट राजकुमार ढकाललार्ई प्रक्युमेन्ट हेर्नेगरी अस्पतालमा लगिएको छ । जहाँ करोडौं करोडको खरिद हुन्छ । ज्ञवालीका अर्का विश्वासपात्र दयाराम शर्मालाई एकेडेमीमा लगिएको छ । एकेडेमीको लेखा हेर्नेगरी उनलाई पठाइएको छ ।
यसैबीच, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरको लेखाअधिकृत कल्पना गुरुङ पक्राउ परेकी छन् । गुरुङले विवादास्पद ब्यवसायी लीलाबहादुर लामा उर्फ टासीलाई सशस्त्र प्रहरी बलको स्कुलको ११ करोड रुपैयाँ मिटरब्याजमा दिएको र उक्त रकम फिर्ता नभएपछि उनी पक्राउ परेकी छन् । सशस्त्रको पैसा मिटरब्याजमा लिएर नतिर्ने लामासमेत पक्राउ परेका छन् ।
कल्पना गुरुङभन्दा अगाडि उक्त स्कुलको लेखा अधिकृतका रुपमा कार्यरत इन्स्पेक्टर महेन्द्र हमाल पनि मिटरब्याज प्रकरणमा छानबिनमा परेका छन् । उनी पनि उक्त स्कुलमा लामो समय लेखा प्रमुखका रुपमा कार्यरत थिए । छानबिनमा पर्नुपर्ने हमाललाई आईजीपी नारायणदत्त पौडेलले उनलाई जोगाउन खोजेको आरोप छ ।
सशस्त्रको स्कुलको कोषको रकम सापटीमा मुछिएका हमाललाई आर्थिक प्रशासनका एसएसपी ज्ञवालीको सिफारिसमा हालसालै सशस्त्रको महत्वपूर्ण मानिने एपीएफ अस्पतालको लेखाप्रमुखमा सरुवा गरिएको छ ।
लामालाई मिटरब्याजमा रकम दिंदा उक्त स्कुलका प्रमुख हाल सुदूरपश्चिम प्रदेशका डीआईजी दिग्बिजय सुवेदी थिए । उनले ११ करोड रकम मिटरब्याजमा लगाउँदा समेत रोक्न नसकेकाले उनको समेत संलग्नताको आशंका बलियो बन्दैगएको छ ।
त्यसैगरी अर्का डीएसपी सन्तोष चन्दलाई लेखाको खरिद हेर्ने जिम्मेवारीमा ल्याइएको छ । चन्द आईजीपी नारायणदत्त पौडेलका सशस्त्रमा सबैभन्दा निकट पात्रका रुपमा चिनिन्छन् ।
सशस्त्रको ११ करोड चलाउने लीला लामा को हुन् ?
लीलाबहादुर लामा (टासी) विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएका व्यक्ति हुन् ।
लामालाई जिल्ला अदालत काठमाडौंले १० बर्ष कैद सजाय फैसला गरेको थियो । लामा लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए । तर २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो । लामामाथि बैंक लुटपाटको अभियोग लागेको थियो ।
लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकर कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेको आरोप लागेको थियो ।
लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए । त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउनसुगर फेला परेको थियो । लामाले लाजिम्पाटमा भौडे नामक एक रेष्टुरेन्ट संचालन गर्दैआएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend