काठमाडौं । नेपाल प्रहरीमा लेखाअधिृकत र लेखापाल सरुवाको लागि दौडधूप सुरु भएको छ । प्रहरीभित्र लेखाको सरुवामा ठूलो दबाब र प्रभावले काम गर्ने गरेको छ ।
प्रहरीका एकेडेमी, उपत्यका ट्राफिक कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र प्रहरी अस्पतालका लेखाअधिकृतको २ बर्ष पुगिसकेको छ । यी चारै ठाउँमा लेखाअधिकृत हुनका लागि चर्को दौडधूप भइरहेको छ ।
आईजीपी दानबहादुर कार्की आगामी असार २१ गते एक कार्यक्रममा भाग लिन अमेरिका जाने भएकाले त्यसअघि नै लेखाको सरुवा गर्नका लागि आन्तरिक लेखापरीक्षण शाखाले मापदण्ड अनुसारको सूची बनाइसकेको छ । अब त्यो सूची आईजीपी कार्कीकोमा पुगेर फाइनल भएपछि लेखाको सरुवा हुनेछ ।
विगतमा प्रधानमन्त्री कार्यालय, गृहमन्त्री, सचिवदेखि प्रहरी महाशाखाको प्रमुख(सहसचिव)हरुले समेतको दबाब लेखाको सरुवामा पर्ने गरेको थियो । तर यसपटक बालुवाटारदेखि गृहमन्त्रालय कतैबाट पनि लेखाको सरुवामा दबाब पर्ने अवस्था देखिंदैन । शक्तिकेन्द्रको दबाब नपर्ने भएकाले आईजीपी कार्कीले लेखाको सरुवा निष्पक्षतापूर्वक गर्न पाउनेछन् ।
गतबर्ष दाजुको आडमा बरिष्ठ सई रुपक थापाले लेखाको सरुवामा ब्यापक चलखेल गरेको चर्चा भएको थियो । यो बर्ष लेखापालको सरुवा निष्पक्ष हुने अपेक्षा प्रहरीमा गरिएको छ । तर यमकला केसी नामक महिलाले आईजीपी कार्की र उनका निकटस्थहरुको नाममा लेखाको सरुवामा मोलतोल गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार एक जिल्लाका प्रहरी अधिकृतकी श्रीमतीसमेत रहेकी उनैले लेखाको सरुवाको डिल गरिरहेकी छन् ।
विगतमा महालेखा परीक्षक बिष्णुबहादुर केसी, उपमहालेखा परीक्षक बद्रीबहादुर कार्कीदेखि बिभिन्न नेता, मन्त्री, गृहका उच्च अधिकारीको दबाब पर्दा आईजीपीले नै आफूले राख्न चाहेको लेखापाल वा अधिकृत नसक्ने अवस्था उत्पन्न हुन्थ्यो । प्रहरीको लेखा तालिम लिएर प्रवेश गरेपछि ३० बर्षसम्म नै जिल्ला जिल्लामा लेखापाल हुने गरेको थियो । तर उपेन्द्रकान्त अर्याल आईजीपी भएपछि पहिलो बर्ष नै ८ बर्षमात्र लेखामा काम गर्न पाउने नीति ल्याए । दोस्रो बर्ष अर्यालले ६ बर्षे मापदण्ड लागू गरिदिए । जुन मापदण्ड अद्यापि लागू छ । ६ बर्ष मापदण्ड लागू भइरहेको भएपछि दबाब त कम हुन थाल्यो । तर पनि आकर्षक जिल्ला वा कार्यालयमा सरुवा हुन चलखेल हुने गरेको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend