काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक मोतिराम सापकोटाले बिभाग मातहतका शाखामा फेरबदल गरेका छन् । महानिर्देशक पदमा बहाली भएको एक साता नबित्दै सापकोटाले प्रशासन शाखाको जिम्मेवारी उपसचिव बन्दना झालाई दिएका छन् । झा बिभागमा आएको १ महिना पनि पुगेको छैन । फर्म शाखाको नेतृत्व गरिरहेकी झालाई एक महिना नबित्दै प्रशासन शाखको प्रमुखको जिम्मेवारी दिइएको हो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयकै दबाबमा झालाई प्रशासन प्रमुख बनाइएको बताइन्छ । मन्त्रीका सल्लाहकार अंकित यादवको दबाबमा उनलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रशासन शाखाको प्रमुख रहेका विनोद उपाध्यायलाई मन्त्रालयमा काजमा तानिएको छ । १ बर्ष अवधि नपुगी उपाध्यायलाई बिभागबाट मन्त्रालयमा तानिएको छ । अनुगमन शाखाको जिम्मेवारी निर्माणकुमार कार्कीलाई दिइएको छ । फर्म शाखाको प्रमुखमा मन्त्रालयबाट एक दिनअघि सरुवा भएका उपसचिवलाई लगिएको छ ।
त्यसैगरी, शाखाका तल्लो तहका कर्मचारीहरुको पनि ब्यापक फेरबदल गरिएको छ । अनुगमन, फर्म, प्रशासनमा आफ्ना अनुकूलका कर्मचारीहरुलाई सरुवा गरिएको छ । सापकोटाले सरुवालाई कामको रुपमा देखाउन खोजेका छन् । मूल्यबृद्धि, कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने दायित्व बोकेको बिभाग विगत १० महिनादेखि निस्क्रियजस्तै छ ।
यसअघिका महानिर्देशक रोशन ज्ञवाली आएदेखि नै निस्क्रिय रहेको बिभागलाई सापकोटाले पनि सक्रिय बनाउन खोजेका छैनन् । उनले कर्मचारी सरुवा र हेरफेर गर्नमै आफ्नो ध्यान केन्द्रित गरेका छन् । पछिल्लो समय कर्मचारीको तलबबृद्धिसँगै मूल्यबृद्धि अचाक्ली भएको छ । तर बिभागको ध्यान आफ्नो स्वार्थ अनुरुप काम नगर्ने ब्यापारीहरुसँग प्रतिशोध साँध्नमै ब्यस्त छ । उद्योग बाणिज्य मन्त्री गौरीकुमारी यादवको ध्यान उद्योग र संस्थानहरुतिर बढी केन्द्रित हुँदा सल्लाहकारकै भरमा बाणिज्य बिभाग चलिरहेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend