काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक मोतिराम सापकोटाले बिभाग मातहतका शाखामा फेरबदल गरेका छन् । महानिर्देशक पदमा बहाली भएको एक साता नबित्दै सापकोटाले प्रशासन शाखाको जिम्मेवारी उपसचिव बन्दना झालाई दिएका छन् । झा बिभागमा आएको १ महिना पनि पुगेको छैन । फर्म शाखाको नेतृत्व गरिरहेकी झालाई एक महिना नबित्दै प्रशासन शाखको प्रमुखको जिम्मेवारी दिइएको हो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयकै दबाबमा झालाई प्रशासन प्रमुख बनाइएको बताइन्छ । मन्त्रीका सल्लाहकार अंकित यादवको दबाबमा उनलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रशासन शाखाको प्रमुख रहेका विनोद उपाध्यायलाई मन्त्रालयमा काजमा तानिएको छ । १ बर्ष अवधि नपुगी उपाध्यायलाई बिभागबाट मन्त्रालयमा तानिएको छ । अनुगमन शाखाको जिम्मेवारी निर्माणकुमार कार्कीलाई दिइएको छ । फर्म शाखाको प्रमुखमा मन्त्रालयबाट एक दिनअघि सरुवा भएका उपसचिवलाई लगिएको छ ।
त्यसैगरी, शाखाका तल्लो तहका कर्मचारीहरुको पनि ब्यापक फेरबदल गरिएको छ । अनुगमन, फर्म, प्रशासनमा आफ्ना अनुकूलका कर्मचारीहरुलाई सरुवा गरिएको छ । सापकोटाले सरुवालाई कामको रुपमा देखाउन खोजेका छन् । मूल्यबृद्धि, कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने दायित्व बोकेको बिभाग विगत १० महिनादेखि निस्क्रियजस्तै छ ।
यसअघिका महानिर्देशक रोशन ज्ञवाली आएदेखि नै निस्क्रिय रहेको बिभागलाई सापकोटाले पनि सक्रिय बनाउन खोजेका छैनन् । उनले कर्मचारी सरुवा र हेरफेर गर्नमै आफ्नो ध्यान केन्द्रित गरेका छन् । पछिल्लो समय कर्मचारीको तलबबृद्धिसँगै मूल्यबृद्धि अचाक्ली भएको छ । तर बिभागको ध्यान आफ्नो स्वार्थ अनुरुप काम नगर्ने ब्यापारीहरुसँग प्रतिशोध साँध्नमै ब्यस्त छ । उद्योग बाणिज्य मन्त्री गौरीकुमारी यादवको ध्यान उद्योग र संस्थानहरुतिर बढी केन्द्रित हुँदा सल्लाहकारकै भरमा बाणिज्य बिभाग चलिरहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend