Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फरक बिचारप्रति बैरभाव राख्नु एमालेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ : योगेश भट्टराई


    सोमबार, असार ८ २०८३
    165
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराई एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी भएकाले उपरोक्त मान्यता राख्नेहरू एजेन्ट र दलाल हुन नसक्ने बताएका छन् ।

    एमालेभित्र बहस र छलफल हुन्छन् । पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फत् नेकपा एमालेको पुनर्जागरण गर्नुपर्ने बहस भइरहेको छ भने अर्को पक्षले यथास्थितिमै पार्टीलाई लाने पक्षमा रहेको छ । तर यस्तो बहस र छलफलले पार्टीलाई कमजोर नबनाउने बताउँदै उनले राप्रपा, माओवादी, नेपाली कांग्रेस, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ भट्टराईको धारणा छ ।

    सामाजिक संजालमा भट्टराईले लेखेका छन्–‘यतिबेला पनि नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक संचार माध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलवा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।

    बहसको एउटा पक्ष छ( पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फत् नेकपा एमालेको पुनर्जागरण ।

    बहसको दोश्रो पक्ष छ– सबै पक्षमा यथास्थिति ।

    दुवै पक्षका आफना तर्कहरू छन । राजनीतिक बहसलाई तर्क र तथ्यमा टेकेर नै संचालन गर्नु पर्दछ । नेकपा एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी हो । उपरोक्त मान्यता राख्नेहरू केही पनि न कसैको एजेण्ट हुन सक्छन न कसैको दलाल १ राप्रपा, माओवादी, नेपाली कांग्रेस, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।

    राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु वहाँहरूलाई पार्टीमा सम्माजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति । समयानुकुल पार्टी पुनर्गठन हुने नै छ । पुर्नगठित पार्टीमा सबैको सम्मान हुने छ ।

    भिन्न भिन्न बिचार र मतकाबीचमा हार्दिकतापूर्ण सहकार्य हुनेछ । निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । तसर्थस् आजको बहसलाई राजनीतिक र वैचारिक दिशादिन सम्पूर्ण एमालेजनमा म हार्दिक अनुरोध गर्दछु । ख्याल गरौ हामी जवजबादी हौ ! हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौ !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार