Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भैरहवा विमानस्थलको ट्याक्सी वे निर्माणमा ठेकेदारको ढिलाइ, बिचौलियामार्फत् म्यादथपको चलखेल


    आइतबार, असार ७ २०८३
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ठेक्का लिएर समयमा काम नसक्ने ठेकेदारहरुप्रति सरकार कठोर रुपमा प्रस्तुत हुन थालेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम समयमा नगरेपछि सरकारले ठेक्का खोसेको छ । र, ठेकेदार कम्पनी पटेल–रमण जेभीबाट करिब ११ अर्ब रुपैयाँ क्षतिपूर्ति असुल गर्ने प्रक्रिया अघि बढाएको छ ।

    कम्पनीले करिब १० प्रतिशतमात्र काम गरेर ठूलो रकम (करिब २ अर्ब १३ करोड) भुक्तानी लिइसकेको थियो । काम ढिलो र न्यून प्रगति भएकाले ठेक्का रद्द गरिएको हो ।

    त्यस्तै, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको कोशी प्रदेशका आयोजना अनुगमनका क्रममा इलाम–झापा फाष्टट्रयाकको ठेक्का पनि समयमा काम नभएपछि तोडिने भएको छ ।

    यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वेसहितका संरचना निर्माणको काम सम्पन्न भइसक्नुपर्नेमा अति न्यून प्रगति भएको छ । २०८० असारमा ठेक्का सम्झौता भएको ट्याक्सी वे निर्माणको काम सम्पन्न भइसक्नुपर्नेमा १७ प्रतिशतमात्र काम भएको छ ।

    निर्माण सम्पन्न भइसक्नुपर्ने मितिमा १७ प्रतिशतमात्र काम भएपछि उक्त ठेक्का पनि रद्द तोड्न नागरिक उड्डयन प्राधिकरणलाई दबाब परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ट्याक्सी वेको ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई लाई दिएका थिए ।

    कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँको ट्याक्सी वेको ठेक्का तोडिने भएपछि सब कन्ट्याक्टर नवीन बस्नेत पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग अनुनय बिनय गरी म्यादथप गर्न दौडधूप गरिरहेका छन् । आशिष निर्माणका निर्माण गौली, बुद्ध हिमालीका धनबहादुर बुढा, क्षमादेवीका राजकुमार बस्नेत र नवीन बिचौलियामार्फत् म्यादथप गर्ने दाउमा छन् ।

    गौतम बुद्ध विमानस्थलको ट्याक्सी वेको ठेक्कामा नवीन बस्नेतको सान्दर्भिक पनि आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीको सबकन्ट्याक्टरका रुपमा काम गर्दैआएको छ ।
    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेको ठेक्का प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले सेटिङमा आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई दिएको आरोप लागेको थियो । जुन सेटिङ बस्नेतले नै गरेको चर्चााा त्यतिबेला पनि भएको थियो । अधिकारी भ्रष्टाचार अभियोगमा निलम्बन भई बिशेष अदालतको आदेशले थुनामा छन् ।

    प्रदीप अधिकारीले गौतम बुद्ध विमानस्थलको समानान्तर ट्याक्सी वे निर्माणको परामर्शदाता छनोटमा समेत अनियमितता गरी सेटिङमै छनोट गरेका थिए । विमानस्थलको ट्याक्सी वे निर्माणको डिजाइन र सुपरभिजनका लागि सिंगापुरको कम्पनी मिन्हार्ट लिमिटेडसँग सम्झौता गरेका थिए ।

    नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा मिन्हार्ट लिमिटेडले परामर्श सेवा दिनेगरी छनोट गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार