काठमाडौं । जेनजी आन्दोलनपछि गठित नागरिक सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सबै मन्त्रीहरुको स्वकीय सचिवालय सिंहदरबारमा राख्न नपाउने निर्णय गरे । सो निर्णयको चौतर्फी समर्थन पनि भयो । तर जेनजीकै जगमा निर्वाचनमा दुईतिहाई मत प्राप्त गरी गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले धमाधम सिंहदरबारस्थित मन्त्रालयमा स्वकीय सचिवालयको कार्यकक्ष राखेर द्वैध शासन संचालन गर्दैआएका छन् ।
निजी सचिवालयमा राखिएका सरकारी कर्मचारी भूमिकाबिहीन जस्तै देखिएका छन् । सम्पूर्ण शासन संचालन मन्त्रीले राखेका स्वकीय सचिवहरुबाट हुँदैआएको छ । विज्ञान प्रविधि तथा नवप्रबर्तन मन्त्री महावीर पुनबाहेक सबै मन्त्रीले सिंहदरबारभित्रै स्वकीय सचिवालय राखेर यसअघिको सरकारले सुशासन कायम गर्नका लागि गरिएको लोकप्रिय निर्णयलाई धज्जी उडाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव लगायतले स्वकीय सचिवालयमा रहने कर्मचारीहरुको नेमप्लेटसहित कार्यकक्ष राखेर तिनैबाट शासन गर्दैआएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले बिगतमा माठमाडौं महानगरमा ‘विज्ञ’ का रुपमा राखिएका सबैलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा राखेका छन् । करिब १ दर्जन हाराहारीको जम्बो स्वकीय सचिवालय शाहकै रहेको छ । स्वकीय सचिवालय मार्फत् शासन गर्दैआएका प्रधानमन्त्रीदेखि निजी सचिवालयमा राखिएका कर्मचारीहरुलाई औपचारिकतामा मात्र सीमित गरेका छन् । हस्ताक्षर गर्नमात्र उनीहरुको प्रयोग हुँदैआएको छ । सम्पूर्ण सरुवा, बढुवा, ठेक्कापट्टाका काम सबै स्वकीय सचिवालयबाट हुँदैआएको छ ।
शासनको वकालत गरेर नथाक्ने र अरुलाई बिचौलिया देखेर कारबाहीको डन्डा बर्षाउने वालेन्द्र नेतृत्वको सरकारले कानुनबिपरीत मन्त्रालयमै स्वकीय सचिवको कार्यकक्ष राख्न दिएर भ्रष्टाचार कसरी नियन्त्रण गर्न खोजेको हो भन्ने प्रश्न उठेको छ । जबकि स्वकीय सचिव प्रधानमन्त्री र मन्त्रीले निवासमा मात्र राख्न पाउँछन् ।
मन्त्रालयमा उनीहरुलाई ल्याउन मिल्दैन । सुशासनकै बर्खिलाप बिगतकै सरकारले जस्तै प्रधानमन्त्री वालेन्द्र शाह र उनको सरकारका मन्त्रीहरुले स्वकीय सचिवालयलाई हावी गराएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend