काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीबाट रास्वपामा असन्तुष्टि चुलिएको छ । १ सय ८१ पार्टीका सांसद पार्टीका हुँदाहुँदै स्वतन्त्र सांसद महावीर पुन विवादित पात्र सुधन गुरुङलाई पुनः मन्त्री बनाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सामाजिक संजालमा भूपि शेरचनको कविता उद्दरण गर्दै असन्तुष्टि पोखेका छन् ।
हामी पाइतला हौँ,
केवल पाइतला,
र फगत पाइतला ।
पाइतला—
जसको भरमा शरीर उभिन्छ ।
पाइतला—
जसको आधारमा शरीर हिँड्छ ।
पाइतला—
जसको भरोसामा शरीर दगुर्छ ।
पाइतला—
तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ,
दया गरेर उसलाई सँगसँगै हिँडाइरहेछ ।
मक्ख पर्छ शरीरको महानतामाथि,
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ ।
सधैँ शरीरको सबभन्दा तल रहन्छ,
कहिल्यै शिर उचालेर माथि हेर्दैन,
सधैँ–सधैँ नतमस्तक रहन्छ ।
हामी पाइतला हौँ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो निधारले टीका थाप्छ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो घाँटीले माला लाउँछ ।
हामी दौडमा प्रथम हुन्छौँ,
र हाम्रो छातीले तक्मा टाँस्छ ।
हाम्रो टीका थाप्ने निधार अर्कै छ,
हाम्रो माला लाउने घाँटी अर्कै छ,
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ ।
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइतला हौँ—
केवल पाइतला,
र फगत पाइतला ।
नागरिक र नेताको कथा २ भूपि
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend