Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बजेटअघि बिजुली गाडी आयात, अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री


    बुधबार, जेष्ठ २७ २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले बजेटअघि करका दर हेरफेरको सूचना चुहाएर २ हजार ७ सय बिजुली गाडी आयात गरी अरबौं हेराफेरी गरेको बिषयमा संसदीय छानबिन हुनुपर्ने माग गरेकी छन् ।

    विगतमा विपक्षमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट र बजेटका बारेमा बोलेका भिडियोहरु छ्याप्छ्याप्ती रहेको उल्लेख गर्दै अरुले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर अहिले वाग्ले अर्थमन्त्री हुँदा आर्थिक अपराध ‘नयाँ’को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने भनेर झाँक्रीले प्रश्न गरेकी छन् ।

    उनले सामाजिक संजालमा लेखेकी छन्–‘अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू , हिजो जे जे बेथिति थिए भन्नुहुन्छ नि, तपाईं Power Politics को नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हो ।

    तपाईं बिपक्ष बेन्चमा हुँदा बजेट र बजेटबारे बोलेका भिडियोहरू छ्यापछ्याप्ती भेटिन्छन् । अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने हो ? अनि छानविन ? दुधको साक्षी बिरालो ? तपाईंले नै तपाईले गरेको अपराध र देशद्रोही कदमको कर्मचारीमाथि छानविन गराउने ? तपाईले के बोल्नुभएको थियो बिगतमा यसो विचार गर्नु त ?

    हुँदैन । तपाईलाई आरोप लाग्यो। तपाईमाथि प्रश्न उठ्यो, तपाईमाथि नै छानबिन हुनुपर्छ । तर तपाईंले छानविन गराउने होइन । तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार