काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म संसद्मा विरोध जारी रहने बताएका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले विरोध जारी रहने बताएका हुन् ।
बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसद्मा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएकाले संसद्मा विरोध कायम रहने बताएका हुन् ।
उनले भने, ‘दुई विषयमा घनिभूत छलफल भयो । पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो । त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ । अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन रु त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन ।’
संसद्को अवरोध हटाउने विषयमा सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको महरले बताएका छन् ।
महरले भने, ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन । प्रधानमन्त्रीले तुरुन्तै संसद्मा आएर जवाफ दिनुपर्छ भन्यौँ । सार्वभौम संसद्मा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसद्मा जवाफ दिनुहुँदैन भन्नुभयो ।’
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend