काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मङ्गलवार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् ।
ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उनको भनाइ रहेको छ ।
‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ । हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन् । नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ । लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन् ।
उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थ भन्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा प्रस्तुत गरेका छन् । लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् ।
उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने, पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् ।
रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव उनले अघि सारेका छन् । लामिछानेले भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।
साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरू आईआईटीर एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् ।
त्यस्तै, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गरेका छन् ।
नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन् । सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी ९आईसीपी०निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend