Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ


    सोमबार, जेष्ठ १८ २०८३
    940
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागूऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    विशेष सूचनाका आधारमा जेठ १२ गते राती करिब साढे २ बजे भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ बर्षिय विरध्वज तामाङलाई आवश्यक सोधपुछका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सशस्त्र प्रहरीले तामाङको सूचनाका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका–२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडाँडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाइछिपाई राखेको अवस्थामा उल्लेखित लागूऔषध फेला पारेको हो ।

    उनकै सूचनाको आधारमा लागूऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ बर्षिय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । तामाङले लागूऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको हो ।

    नियन्त्रणमा लिइएका वीरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ । सो लागूऔषध केही दिनअघि काठमाडौ भित्रिएको सूचना पाएपछि ब्यूरोले पिछा गरेको थियो ।

    कलंकीबाट वीरध्वज तामाङले उक्त लागूऔषध ललितपुरको चाँगाथली पुर्‍याएको बुझिएको छ । त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसलगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागूऔषध हरिसिद्धीमा केही दिन राखेर आज बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार