Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश


    सोमबार, जेष्ठ १८ २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

    विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचारमुद्दा चलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार