काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले सिंहदरबार गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार भन्दै नाराबाजीसहित विरोध जनाएका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा देखिएको विवादकैबीच सडकस्तरमा पनि असन्तुष्टि प्रकट भएको हो।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका छ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन्।
नियन्त्रणमा लिइएका उनीहरूलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend