काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र संसद्मा बहुमतको बलमा नियमावली पारित गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत रुपन्देहीमा आज सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले सीमा अतिक्रमण, ‘क्रस बोर्डर अकुपेसन’ तथा नेपाल-भारत सीमा विवादजस्ता संवेदनशील विषयमा पर्याप्त तथ्य, प्रमाण र दस्ताबेजबिना प्रधानमन्त्रीले अभिव्यक्ति दिएको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्रीको भनाइ राजनीतिक सुझबुझको अभाव र ऐतिहासिक तथ्यको अपमान भएको टिप्पणी गरे।
‘तथ्य, प्रमाण र दस्ताबेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ,’ थापाले भने, ‘संसद्बाट सर्वसम्मत रूपमा पारित भएको नेपालको नक्सा र त्यसका आधारहरूलाई बेवास्ता गर्नु स्वीकार्य हुन सक्दैन।’
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गर्दै उनले यसलाई ‘राष्ट्रिय लज्जाको विषय’ को संज्ञा दिए। प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो भनाइबारे स्पष्ट पार्दै नेपाली जनतासँग माफी माग्नुपर्ने उनको माग छ।
यसैबीच थापाले प्रतिनिधिसभामा सत्तापक्षले बहुमतको बलमा प्रतिनिधिसभा नियमावली पारित गरेको घटनालाई संसद्को इतिहासमा ‘कालो दिन’ को रूपमा चित्रण गरे। विपक्षी दलको असहमति बेवास्ता गर्दै नियमावली पारित गरिएको आरोप लगाउँदै उनले उक्त विषय अदालतसम्म लैजाने बताए। ‘हिजो संसद्को इतिहासमा एउटा कालो दिन थियो। सत्तापक्षले आफ्नो बहुमतको बलमा पेलेर संसद्को नियमावली पारित गरायो,’ उनले भने।
थापाका अनुसार नियमावलीमा सभामुखलाई संसद् भवनभित्र प्रवेश गर्ने व्यक्तिको अधिकारसम्बन्धी अन्तिम व्याख्याता बनाइएको प्रावधान संविधानको मर्मविपरीत छ। कार्यपालिका वा व्यवस्थापिकाले संविधान र कानुनले तोकेको सीमा नाघेमा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा उनले सत्ता साझेदार दलहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाए। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति विरोध गर्नुको सट्टा समर्थन गरेको आरोप लगाउँदै उनले संसद्मा देखिएको व्यवहारलाई विगतमा नेकपा सांसदहरूले प्रदर्शन गरेको बहुमतको अहंकारसँग तुलना गरे।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend